२०८३ आश्विन १, बिहिबार
३ महिने गायन प्रशिक्षण
बौद्ध बिहार संघको आयोजनामा ललितपुर महानगरपालिका वडा नं ७ को सहयोगमा तीन महिने ज्ञानमाला भजन बिशेष गायन प्रशिक्षणको उदघाटन वडा अध्यक्ष श्री कुल बहादुर महर्जनज्युबाट भयो । १६ वडा अध्यक्ष श्री निर्मल रत्न शाक्य, प्रा.डा. बज्रराज बज्राचार्य , अक्षयेस्वर महाबिहार संरक्षण समिती अध्यक्ष श्री राजेश शाक्य , यल नेवा: समाज अध्यक्ष श्री नानिकाजी शाक्य , संगितकर्मी श्री जुगल डंगोल , पत्रकार तथा संगितकर्मी श्री सुरजबिर बज्राचार्य अतिथी रहनु भएको सभामा प्रशिक्षक वरिष्ठ संगितकार ईन्द्र ब्यन्जनकारज्युले संगित र स्वर को बारे प्रकाश पार्नु भयो । बौद्ध बिहार संगको अध्यक्ष श्री करुणा रत्न बज्राचार्यज्युको सभापतित्वमा सम्पन्न कार्यक्रममा संयोजक श्री रुपकुमार शाक्यज्युले धन्यवाद र कार्यक्रम संचालन महिला समिती अध्यक्ष सुप्रभा शाक्यले गर्नु भएको थियो।
