Buddhist Practice in Modern Life

Buddhist Practice in Modern Life
बौद्ध बिहार संघ , यल को स्वर्ण जयन्ती वर्षको उपलक्ष्यमा श्रद्धेय गुरु योङ्गे मिङ्गुर रिम्पोच्छेज्युबाट होटेल हिमालयमा आधुनिक जिवनमा बुद्धधर्म अभ्यास बिषयक कक्षाको आयोजना गरियो । बुद्ध प्रकाश फाउन्डेसनको संयुक्त आयोजनामा भएको यस कक्षाको प्रायोजन संयोजन आदर्णिय जुजुराज बज्राचार्य परिवारबाट भएको थियो । कक्षामा रिम्पोच्छेज्युबाट ध्यानका विभिन्न प्रकार तथा विधि बारे प्रकासपार्नु भएको थियो । यो महत्वपुर्ण कार्यक्रममा सहभागिता जनाउनुहुने महानुभाव तथा सहयोगी र मनकारीजनहरु सबैमा बौद्ध बिहार संघको तर्फबाट हार्दिक साधुबाद ब्यक्त गर्दछौं।